बागलुङमा फेरि एक पुरुषले गरे आत्मदाहको प्रयास, उपचारका लागि पोखरा ल्याइँदै

352
Shares

काठमाडौँ, १८ माघ । बागलुङमा फेरी एक जना पुरुषले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।

बुधबार बागलुङ नगरपालिका ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले घरभित्रै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो ।

शरीरमा पेट्रोल छर्केर आगो लगाएर घाइते भएका उनलाई उपचारका लागि धौलागिरी अस्पतालबाट थप उपचारका लागि पोखरा लगिँदै गरेको बताइएको छ ।

घरमा कोही नभएको बेला जिसीले घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । यद्यपि, के कारणले उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे भन्नेबारे यकिन जानकारी आएको छैन । यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।

केही दिनअघि संसद भवन अगाडी आफैलाई आगो लगाएका इलामाका ३७ वर्षीय प्रेम आचार्यको निधन भएको थियो । त्यसैगरी पोखरा महानगरको काहुँखोलामा कृष्णबहादुर क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए ।

उनलाई बचाउन खोज्दा संगीता कोसापकोटा जलेर गम्भीर घाइते भइ उपचारका क्रममा उनको निधन भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *