दुर्घटनाग्रस्त यतिको विमानमा दुई चिकित्सक पनि सवार थिए

1.5k
Shares

काठमाडौँ, १ माघ । पोखरामा आज दुर्घटनाग्रस्त यति एयरलायन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको बुझिएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारक रहेका बुझिएको हो ।

पोखरामा रहेका राष्ट्रिय ट्रमा सेन्टरका डा सन्तोष पौडेलले डा श्रेष्ठ दम्पत्ती दुर्घटनाग्रस्त विमानमा रहेको बताए । उनले यी दुई दम्पतीको साथमा सानो बच्चा समेत रहेको बताए । उनले डाक्टर श्रेष्ठको परिवार सहित गण्डकी अस्पतालमा बसिरहेको बताए ।

दुर्घटनाग्रस्त बिमानमा ५३ जना नेपाली र पाँच भारतीयसहित १५ विदेशी नागरिक परेको खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानमा चार चालक दलका सदस्यसहित ७२ यात्रु थिए । जसमध्ये ३ बालबालिका र ३ शिशुसहित ६४ वयष्क थिए ।

 

 

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *