चौबिस घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २७ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार चौबिस घण्टामा थप ३५७ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर २१ जना सक्रिय संक्रमित रहेका छन् । र सबै होम आइसोलेसनमा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर