पूर्व स्वास्थ्य मन्त्री अधिकारी गण्डकीको मुख्यमन्त्री बन्दै

काठमाडौँ, २५ पुस । संघीय सरकारको स्वास्थ्य र गृह मन्त्री बनिसकेका खगराज अधिकारीका गण्डकी प्रदेशको मुख्य मन्त्री बन्ने भएका छन् । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता समेत रहेका अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।

पार्टीको संगठन विभाग प्रमुख समेत रहेका अधिकारी यसपटक प्रदेश सभा निर्वाचनमा सहभागी भएका थिए । उनलाई पार्टीले प्रदेशमा पठाउँदा नै मुख्य मन्त्रीको रुपमा प्रस्तुत गरेको थियो । यद्धपी पार्टीको एकल बहुमत नआउँदा अलमल भएको थियो । तर पछिल्लो पटक बनेको नयाँ सत्ता गठबन्धनले सो अलमल तोडिदिएको छ ।

आइतबार बालुवाटारमा भएको शीर्ष नेताबीचको सहमतिले गण्डकी प्रदेशको मुख्य मन्त्री एमालेलाई दिने निर्णय गरेको थियो । कुल ६० सांसद रहेको गण्डकीमा एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सांसद छन् ।

यसले अधिकारीलाई मुख्य मन्त्री बन्नका लागि दावी पेश गर्न सहज बनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *