कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको संक्रमक फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले मुलुकमा कोरोना संक्रमण भयावह बन्ने खतरा देखिएको भन्दै आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरू गर्न निर्देशन दिएका हुन् ।

उनले कोभिड संक्रमण बढ्न नदिन आवश्यक कदम चाल्न र बुस्टर डोज खोप लागि आवश्यक खोपहरुको प्रबन्धन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले दिएको लिखित निर्देशनमा भनिएको छ, ‘हाल कोभिड १९ को संक्रमण पुनः क्रमशः बढ्न लागेको प्रकाशमा आएको। जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरू गर्ने। बुष्टर डोज खोपको लागि कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला ।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले चिसो मौसमका कारण तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवनमा पर्ने असरलाई ध्यानमा राखी आवश्यक प्रवन्ध मिलाउन समेत निर्देशन दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *