चौबिस घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १६ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ४ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १६९ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ३० रहेको छ ।