काभ्रेस्थलीमा केडीसीको निशुल्क स्वास्थ्य शिविर, ५०० बढी लाभान्वित

काठमाडौँ, ३ पुस । कान्तिपुर डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि (केडीसी अस्पताल)ले शनिबार तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

तानपा २ नम्बर वडा कार्यालय, काभ्रेस्थली स्वास्थ्य चौकी, नेपाल स्वयंसेवी रक्तदाता समाज र काभ्रेस्थली हाम्रो कृषि समूहको समन्वयमा भएको स्वास्थ्य शिविरमा ५०० बढीले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, छाला तथा यौन रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ र दन्त रोग विशेषज्ञ सम्बन्धी विशेषज्ञ टोलीले परामर्श सेवा दिएका थिए ।

यस्तै शिविरमा निःशुल्क प्याप स्मियर टेस्ट, निःशुल्क औषधी वितरण, निःशुःल्क पि.एफ.टी टेस्ट साथै दन्त रोग सम्बन्धी जनचेतना कार्यक्रम र दम रोगका विरामीहरुलाई पि.एफ.टी. द्वारा औषधी लिने प्रशिक्षण तालिम आदि सेवाहरु दिईएको अस्पतालका सि.ओ.ओ. रोजिका प्रधानले जानकारी दिईन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *