स्पार्कमा भएको स्वास्थ्य शिविरमा १४५ जनाले गराए स्वास्थ्य परीक्षण

काठमाडौँ, २ पुस । स्पार्क हेल्थ होम अस्पताल कालिमाटीमा शनिबार निशुल्क स्वास्थ्य शिविरमा सञ्चालन गरिएको छ । बाग्लुङ समाज कल्याण केन्द्र काठमाडौँको आयोजनामा भएको उक्त शिविरमा १४५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

विहान ११ बजे देखि दिउसो ३ बजेसम्म भएको शिविरमा हाडजोर्नी तथा नशा सम्वन्धी १९ जना, जनरल फिजिसियन १८ जना, आँखा जाँच सेवा ४४ जनाले लिएका थिए ।

यस्तै मुख तथा दन्त परीक्षण ३० जना, फिजियोथेरापी सेवा १७ जना र प्राकृतिक चिकित्सा सेवा थप १७ जनाले लिएको अस्पतालका निर्देशक रुपेश अधिकारीले बताए ।

शिविरमा मधुमेह, पिसाव परीक्षण निशुल्क गरिएको थियो ।

शिविरमा प्याथोलोजी ल्याव, एक्सरे, ईको, अल्ट्रासाउण्ड लगायतका सेवा लिनेहरुका लागि विशेष छुटको व्यवस्था गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *