पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गर्ने सहमति

344
Shares

गोलबजार, २१ मंसिर । सिरहाको कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच पाठेघर र हाइड्रोसिलका बिरामीलाई निःशुल्क उपचारका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गरे ।

सम्झौताअनुसार उक्त अस्पतालले पाठेघर खसेको महिला र हाइड्रोसिल भएको पुरुषलाई निःशुल्क शल्यक्रिया, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पु¥याइने उल्लेख छ ।

यो सेवा नगरपालिकावासीको लागिमात्र भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *