वायु प्रदूषण रोकथाम तथा नियन्त्रण गर्न महानगरको आग्रह

काठमाडौँ, १७ मंसिर । काठमाडौँ महानगरपालिकाले वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि आग्रह गरेको छ। वायु प्रदूषणका कारण बालबालिका, जेष्ठ नागरिक, दम, खोकी तथा स्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका रोगीहरू जोखिममा पर्ने भएकाले प्रदूषण रोकथाम गर्नु महानगरले आग्रह गरेको हो।
काठमाडौँ उपत्यकामा यातायातका साधनले हुुने धुँवा, सडक तथा अन्य निर्माण कार्य सम्पन्न हुँदा निस्कने धुलोका कणहरू, उद्योग, कलकारखानाहरूबाट निस्कासन हुने धुँवा तथा धुलोहरू र खुला रूपमा जलाइने प्लास्टिकजन्य फोहोरमैलाबाट निष्किने धुँवाले वायु प्रदूषण बढेको महानगरले जनाएको छ।
वायु प्रदूषण रोकथाम तथा नियन्त्रण र वायु प्रदूषणबाट हुने जोखिम न्यूनीकरणका लागि नियमित रूपमा आफ्नो सवारी साधन मर्मत गर्नुपर्ने, सवारी साधन प्रचलित प्रदूषण मापदण्ड भित्र रहेर चलाउने, खुला रूपमा आगो बाल्न नहुने महानगरले जनाएको छ।
वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले हिडडुल गर्दा मास्कको प्रयोग गर्न महानगरले आग्रह गरेको छ ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




