पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्यालको क्षेत्र स्याङ्जा २ मा मतगणना गर्न आयोगको निर्देशन

काठमाडौं, १४ मंसिर । पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्यालको निर्वाचन क्षेत्र स्याङ्जा २ मा मतगणना गर्न निर्वाचन आयोगले निर्देश दिएको छ ।

आयोगको आज बसेको बैठकले मतगणना स्थगित भएका बाजुरा र स्याङ्जा–२ मा मतगणना गर्न निर्देशन दिएको हो ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा  स्याङ्जा २ चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका थिए ।

स्याङजा– २ मा कांग्रेसबाट धनराज गुरुङ र एमालेबाट पद्या अर्याल उम्मेदवार छन्।

त्यस्तै बाजुरामा पनि बुथ कब्जा गरेको एमालेको आरोप छ।  बाजुरामा मतदानको दिन झडप हुँदा मानवीय क्षतिसमेत भएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *