यसकारण चाहिन्छ खानामा आयोडिन
- गर्भवती महिलाले पर्याप्त आयोडिन सेवन नगर्दा गर्भपतन हुनसक्छ ।
- बच्चा पेटमा हुँदा आमाले पर्याप्त आयोडिन सेवन गरेकी छैनन् भने समय पूरा भएर जन्मिएको बच्चाको पनि तत्काल मृत्यु हुन सक्छ ।
- गर्भमा आयोडिन अभाव भएको बच्चा जन्मिएपछि सुस्त मनस्थितिको वा शारीरिक अपांगता भएको हुन सक्छ ।
- बालबालिकामा पर्याप्त आयोडिन नभए पुड्कोपन हुने, स्पष्ट बोल्न नसक्ने, मानसिक कमजोरीजस्ता समस्या निम्तिन सक्छ ।
- वयष्कहरूको शरीरमा आयोडिनको कमी भए गलगाँड, थाइराइडमा असन्तुलनजस्ता समस्या उत्पन्न हुन्छ ।
- पूरा मात्रामा आयोडिन सेवन गरेको छ भने थाइराइड ग्रन्थि सन्तुलनमा रहन्छ ।
- नेपालको भिरालो भूबनोटका कारण यहाँ उत्पादन हुने खाद्यपदार्थबाट मानिसलाई पुग्ने आयोडिन पाउन सकिँदैन ।
- शरीरमा आवश्यक आयोडिन लिन सरकारले जारी गरेको दुई बालबालिका चिह्नअंकित प्याकेटको नुन सेवन गर्नुपर्छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




