चीनमा एकै दिन भेटिए ३१ हजार भन्दा बढी कोरोना संक्रमित

84
Shares

एजेन्सी, १० मंसिर । चीनमा पछिल्लो केही दिन यता कोरोना संक्रमित व्यक्तिको संख्या बढ्न थालेको छ ।

बिहीबार ३१ हजार ४५४ नयाँ संक्रमित भेटिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्।  यो कोरोना अवधिको उच्च हो। यसअघि यो अप्रिलमा सबैभन्दा बढी २८ हजार संक्रमित भेटिएका थिए ।

यसैबीच, बढ्दो संक्रमणलाई मध्य नजर गर्दै चिनियाँ प्रशासनले झेङ्झाउ र आसपासका ८ जिल्लाको ६६ लाख जनसङ्ख्यालाई लकडाउन गरेको छ । यो आदेश अघि नै यस क्षेत्रका २ लाख जनसंख्या डेढ महिनादेखि लकडाउनमा छन् । नयाँ आदेश शुक्रबारदेखि लागू भएको हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *