स्टार अस्पतालमा मुटुरोगका बिरामीहरुका लागि निःशुल्क ओपिडी सेवा

ललितपुर, ९ मंसिर । सानेपास्थित स्टार अस्पतालले मुटुरोग तथा मुटुसंग सम्वन्धित समस्या भएका बिरामीहरुका लागि निशुल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. आनन्द जि.सी बाट हरेक शुक्रबार बिहान १० बजे देखि बेलुकी ४ बजे सम्म सो सेवा उपलब्ध हुनेछ ।

अस्पतालका सीओओ डा सन्देश जिसीले निःशुल्क ओ.पि.डी सेवा लिएका बिरामीहरुका लागि थप परिक्षण गर्नु परेको खण्डमा विशेष विशेष छुटको व्यवस्था गरिएको बताए । उनले औषधि खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको उल्लेख गरे ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *