डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौँ, ५ मंसिर । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट नेपालमा हालसम्म ६० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ६० जना संक्रमितको मृत्यु भएको हो ।

त्यसैगरी ५२ हजार ५५७ जनामा संक्रमण पुष्टि भएको छ । देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। त्यस यता नेपालमा बर्षेनी डेंगुका बिरामी फेला परेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *