तेह्रथुममा मतदान गर्न गएका वृद्धको मतदान केन्द्रमै मृत्यु
तेह्रथुम, ४ मंसिर । तेह्रथुममा मतदान गर्न गएका एक जना वृद्धको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा मतदान गर्न पुगेका एक ८८ वर्षका वृद्धको लाइन लाग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले पनि वृद्धको मृत्यु भएको पुष्टि गरे ।
वृद्धको मृत्युको कारण खुल्न सकेको छैन घटना सम्बन्धमा थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]