निर्वाचनको दिन र भोलीपल्ट सार्वजनिक विदा

काठमाडौँ, २९ कात्तिक । सरकारले आगामी ४ र ५ मंसिरका दिन सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन हुने दिन ४ कात्तिक र त्यसको भोलिपल्ट ५ कात्तिकका दिन सार्वजनिक विदा दिने भएको जनाएको छ ।
सूचनामा शिक्षण संस्था तथा विद्यालयहरु भने आगामी २ कात्तिक देखि ५ कात्तिकसम्म नै बन्द रहने उल्लेख छ । निर्वाचन आयोगले यसपटक पनि विद्यालयका शिक्षक तथा अन्य सरकारी निकायका कर्मचारीहरु मतदानका लागि खटाउँदै छ ।
धेरै जसो मतदानस्थल विद्यालयहरुमा बनाइएको छ ।
यस्तो छ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



