जनस्वास्थ्यमा समेत असर गर्ने भन्दै काठमाडौँ महानगरद्धारा खुल्ला रुपमा आगो बाल्न निषेध
काठमाडौँ, २५ कात्तिक । काठमाडौं महानगरपालिले खुला रुपमा आगो बाल्न निषेध गरेको छ । महानगरले शुक्रबार एक सूचना निकाल्दै महानगरपालिकाभित्र खुला रुपमा आगो बाल्न निषेध गरेको जानकारी दिएको हो ।
खुल्ला ठाउँमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यहरुले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ ।
यस्ता कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने महानगरले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
