भरतपुर अस्पतालका चिकित्सकले न्युट्रास्युटिकल्स फुड सप्लिमेन्ट प्रेस्काइब गर्न नपाउने

काठमाडौँ, २३ कात्तिक । भरतपुर अस्पतालका चिकित्सकले औषधि व्यवस्था विभागमा दर्ता नभएका आहारपुरक खाद्य पदार्थ (न्ययुट्रास्युटिकल्स फुड सप्लिमेन्ट) बिरामीलाई प्रेस्काइब गर्न नपाउने भएका छन् ।

अस्पतालको गत २० कात्तिकमा बसेको ड्रग एण्ड थेरापेटिक कमिटिको बैठकले डीडीएमा दर्ता नभएका न्युट्रास्युटिकल्स तथा फुड सप्लिमेन्ट प्रेस्काइब गर्न बन्देज लगाएको हो ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै विभागमा दर्ता नभएका यस्ता बस्तुहरुको प्रेस्काइब गर्न नपाइने जानकारी गराएका हुन् ।

पछिल्लो समय नेपालमा न्युट्रास्यिुटिकल्स फुड सप्लिमेन्टको व्यापार निकै नै बढेको छ ।

मूल्यको हिसावले निकै नै महंगो पर्ने यस्ता बस्तुहरु चिकित्सकले प्रेस्काइब गर्दा बिरामीले भने यसलाई औषधिको रुपमा बुझेर प्रयोग गर्ने गरेका छन् ।

धेरै जसो यस्ता बस्तुहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता भएर बजार जाने गरेको छ ।

औषधि व्यवस्था विभागले फार्मेसीमा यस्ता बस्तु बिक्री बितरण गर्न नपाईने समेत भनेको छ । तर कतिपय फार्मेसीहरुले लुकाएर यस्ता बस्तुहरुको बिक्री गर्दै आएका छन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *