निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिनसक्छ, सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २२ कात्तिक। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरूमा भीडभाड गर्दा कोभिड–१९ को संक्रमण दर बढ्नसक्ने बताए । उनले देशमा कोभिड संक्रमण दर उच्च नभए पनि संक्रमणको अवस्था भने यथावत रहेको भन्दै भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोग पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउन आग्रह गरे ।

उनले विश्वव्यापी रूपमा कोभिड–१९ को संक्रमण घटे पनि जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने बताए ।

उनका अनुसार अहिलेसम्म नेपालले ६ करोड १७ लाख भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये ५ करोड ३५ लाख भन्दा बढी मात्रा खोप लगाइसकिएको तथ्यांक छ । खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाखभन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए ।

त्यस्तै गत साउन यता नेपालमा डेंगु संक्रमितको संख्या ५ हजार भन्दा बढी पुगेको छ । जसमध्ये हालसम्म  डेंगु संक्रमणबाट ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *