नेपाली काँग्रेसको घोषणा पत्र सार्वजनिक :

यी हुन् काँग्रेसको घोषणा पत्रमा समेटिएको स्वास्थ्यका २३ बुँदा

घोषणा पत्रको पूर्ण पाठ समेत

काठमाडौँ, १२ कात्तिक । नेपाली काँग्रेसले आगामी ४ मंसिरमा हुँदै गरेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । ५२ पृष्ट लामो घोषणा पत्रमा स्वास्थ्यका २३ बुँदा अटाएका छन् ।

जसमा गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली नारा दिएर काँग्रेसले पाँच वर्षको लक्ष्य समेत तय गरेको छ । उसले तय गरेको लक्ष्यमा तीन वर्ष मुनि र ७३ बर्ष माथिका नागरिकलाई निशुल्क उपचार, नसर्ने रोगबाट हुने मृत्युदर एक तिहाईले घटाउने, औषत आयू ७३ वर्ष पुरयाउने । मातृमृत्युदर ८०मा झार्ने । स्वास्थ्य बीमामा सत प्रतिशत आवद्ध हुने व्यवस्था मिलाउने र बाल कुपोपण २० प्रतिशतले घटाउने रहेको छ ।

कांग्रेसले स्वास्थ्य बीमा रकमको दायरा १० लाख पुरयाउने, आधारभूत बाहेकका सबै स्वास्थ्य सेवा बीमाबाट हुने गरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बीमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिने उल्लेख छ ।

यस्तै सबै महिलालाई निशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने समेत उल्लेख गरेको छ । यस्तै कांग्रेसले सुर्ती तथा मदिराजन्य पदार्थको उपभोग बिक्री वितरणलाई नियन्त्रण र नियमन गर्न करको दरमा बृद्धि गर्ने समेत उल्लेख गरेको छ ।
घोषणा पत्रमा समेटिएका २३ बुँदा यस्ता छन्

 

घोषणा पत्रको पूर्ण पाठ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *