ह्याम्स अस्पतालले पनि सञ्चालनमा ल्यायो आईभीएफ सेन्टर

काठमाडौँ, ५ कात्तिक । धुम्बाराहीस्थित ह्याम्स अस्पतालले निसन्तान दम्पत्तीलाई लक्षित गर्दै आईभीएफ सेन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले (स्टेट अफ द आर्ट)आईभीएफ सेन्टरको उद्घाटन गरेका छन्।
ह्याम्स आईभीएफ सेन्टरमा प्रजनन् विशेषज्ञ डा भोला रिजाल तथा प्राडा पदमराज पन्तले सेवा दिने छन् ।

अत्याधुनिक उपकरण तथा उपचार पद्धतिद्वारा अनुभवी तथा दक्ष चिकित्सकहरुले स्वदेशमा नै विशिष्ट स्वास्थ्य सेवा सर्वसुलभ तथा सरल ढंगले उपलव्ध गराउँदै आएकोमा थप सेवा सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले बताए।
उनले आईभीएफ केन्द्रको सेवा पश्चात निःसन्तान दम्पत्तीहरुले सन्तान प्राप्त गरी सुखी दाम्पत्य जीवन व्यतित गर्न ठूलो सघाउ पुग्ने विश्वास लिएको बताए ।
उनले सेवाका लागि चाहिने अत्याधुनिक उपकरण तथा पूर्वाधार अस्पतालमा रहेको समेत उल्लेख गरेका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




