चौबिस घण्टामा थप ५३ जनामा कोरोना संक्रमण, ५१ जना डिस्चार्ज

काठमाडौँ, ३ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ५१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ५७१ नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या ७२७ रहेको छ ।आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

त्यस्तै गत साउन देखि हालसम्म ४२ हजार ५ सय ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *