डेंगु संक्रमणबाट ४७ जनाको मृत्यु, ३८ हजार ९१८ जना संक्रमित

काठमाडौँ, ३० असोज । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट नेपालमा हालसम्म ४७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ४७ जना संक्रमितको मृत्यु भएको हो ।
त्यसैगरी ३८ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको छ । सरकारले देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरेको छ ।
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। त्यस यता नेपालमा बर्षेनी डेंगुका बिरामी फेला परेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



