चौबिस घण्टामा थप ५१ जनामा कोरोना संक्रमण, ५९८ जना सक्रिय संक्रमित

84
Shares

काठमाडौँ, २६ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ५९८ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ७२३ नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  शून्य रहेको छ ।
चौबिस घण्टामा थप ८८ हजार ३१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

त्यसैगरी गत साउनदेखि हालसम्म ३७ हजार १३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये ४५ जनाले ज्यान गुमाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *