दशैं विदामा सिटामोल र जीवनजल वितरण गर्दै काठमाडौँ महानगर

काठमाडौँ, १७ असोज । काठमाडौँ महानगरपालिकाले दशैं विदाका लागि पर्न सक्ने स्वास्थ्य समस्यालाई लक्षित गर्दै सिटामोल र जीवनजल निशुल्क वितरणको व्यवस्था मिलाएको छ । महानगरपालिकाले ५५८ जना स्वयंसेवक मार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको हो ।

महागरपालिकाका प्रमुख बालेन्द्र शाहले दशैं विदाका लागि स्वयंसेवक मार्फत विशेष व्यवस्था मिलाइएको बताए ।

उनले नजिकको स्वास्थ्य स्वयंसेवकमार्फत सिटामोल र जीवनजल प्राप्त गर्न सक्ने उल्लेख गरे ।

महानगरले दशैंको विदामा पनि २४ घण्टे हटलाइन सेवा निरन्तरता दिने बताएको छ ।

११८० मा फोन गरेर डेंगीको बारेमा परामर्श लिन सक्ने र आवश्यक पर्नेलाई १०२ मा फोन गरेर निशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने समेत उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *