चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले सरुवा भएका सदस्य सचिवलाई च्यापेपछि….

काठमाडौँ, १५ असोज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २५ दिन अघि चिकित्सा शिक्षा आयोगको सदस्य सचिव पदमा शिवकुमार सापकोटालाई पठाएको थियो । त्यहाँ सदस्य सचिव रहेका भोजराज काफ्लेको प्रदेश नं १ को भूमिसुधार मन्त्रालयमा सरुवा भएको थियो ।
सरुवा भएपछि रमाना लिएर  सापकोटा आयोग पुगे ।

तर, प्राडा उपाध्यक्ष श्रीकृष्ण गिरीले उनलाई हाजिर हुन दिएनन् ।

डा गिरीले सापकोटालाई त्यसबेला भने, ‘तपाईँलाई हामी यहाँ राख्न सक्दैनौँ । तपाईँको सरुवा बदर हुन्छ । अहिले हाजिर पनि गराउँदैनौँ ।’

सापकोटा असमजस्यमा परे । तर २० सम्म पनि उनको सरुवा बदर भएन । मन्त्रालयले खटाएको ठाँउमा गएर हाजिर हुनु र काम गर्नु भनिरहयो । २० दिनमा पनि सरुवा बदर नगरेपछि सापकोटा गत ११ असोजमा पुन: आयोगमा पुगे र हाजिर भए ।

उनी हाजिर भएपनि उपाध्यक्ष डा गिरी र सरुवा भएका सदस्य सचिव डा पोखरेल खुशी थिएनन् । आयोगको काम उनीहरुले नियमित रुपमा गर्दै आएका थिए ।

सदस्य सचिव सापकोटाले सरुवा भएको व्यक्तिले आयोगको काम गरिरहने, तर सदस्य सचिवको जिम्मेवारीसहित आएको आफूलाई काम विहीन बनाउने प्रवित्तिको विरोध गरे । तर पनि उनलाई काम दिईएन ।

शुक्रबार आयोगको कार्यकारी बोर्डको बैठक थियो । त्यसको सञ्चालन सदस्य सचिवले गर्नु पर्ने थियो । सदस्य सचिव कार्यक्रम सञ्चालन गर्न अघि सरे तर यसपटक भने बबाल भयो । सापकोटालाई बैठक कक्षमा छिर्नै दिईएन । सुरक्षाकर्मीको सहायतामा उनलाई कार्यलयबाट निकालियो ।

‘म त सरकारले खटाएको ठाँउमा जाने मान्छे हो । सरकारले अह्राएको काम गर्ने मान्छे हो । तर यो त हदै भयो । २५ दिनसम्म न सरुवा बदर हुन्छ । न काम गर्न पाइन्छ । उपाध्यक्ष ज्यूले सरुवा भईसकेको कर्मचारीलाई हात लिएर सब काम गर्दै आउनु भएको छ । यो त कर्मचारी प्रणालीमा सुहाउँदो कुरा भएन,’ उनले भने ।

उपाध्यक्ष डा गिरीले भने आयोगको कर्मचारी कसलाई राख्ने वा नराख्ने अधिकारी आयोगसंगै रहेको बताउने गरेका छन् । तर अहिले आयोगसंग अधिकार रहे पनि कर्मचार छैन् । त्यसैले आयोगलाई शिक्षा मन्त्रालयले नै कर्मचारीहरु उपलव्ध गराउँदै आएको छ ।

‘गिरी सरले यसो नगरेको भए हुन्थ्यो । यहि व्यक्ति नै चाहिन्छ, अरुबाट हुन्न भनेर जसरी एक व्यक्तिलाई काखी च्याप्नु भएको छ । यसले त उहाँको नियतमा समेत प्रश्न उठाउँछ । फियर काम गर्नेले त सरकारले जो कर्मचारी खटाए पनि लिएर काम गराउनु पर्ने हो नि,’ आयोगकै एक कर्मचारीले भने ।

यस विषयमा कुरा गर्न डा गिरीसंगको सम्पर्क प्रयास भने सफल हुन सकेन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले सरुवा भएका सदस्य सचिवलाई च्यापेपछि….

  1. योत हदै भएनर?कर्मचारी प्रणालिमा यो सरुवा रोक्ने छेक्ने काम शोभनीय लागेन।

  2. स्वार्थ मिल्यो फाइदा भयो । गिरि र काफ्लेको कमाइ बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *