डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजार भन्दा बढीमा संक्रमण

140
Shares

काठमाडौँ, १३ असोज । नेपालमा हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ३८ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

त्यस्तै, २८ हजार १ सय ९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा २१ हजार ९ सय ७५ जनामा डेंगु संक्रमण देखिएको छ ।

यस्तै, लुम्बिनीमा ३ हजार १२५, सुदूरपश्चिममा ८५०, प्रदेश १ मा ८२९, गण्डकीमा ६७७, मधेश प्रदेशमा ४१३, कर्णालमा २३८जनामा संक्रमण देखिएको छ ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। र त्यस यता नेपालमा वर्षेनी डेंगुका बिरामी फेला परेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *