डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजार भन्दा बढीमा संक्रमण

काठमाडौँ, १३ असोज । नेपालमा हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ३८ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

त्यस्तै, २८ हजार १ सय ९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा २१ हजार ९ सय ७५ जनामा डेंगु संक्रमण देखिएको छ ।

यस्तै, लुम्बिनीमा ३ हजार १२५, सुदूरपश्चिममा ८५०, प्रदेश १ मा ८२९, गण्डकीमा ६७७, मधेश प्रदेशमा ४१३, कर्णालमा २३८जनामा संक्रमण देखिएको छ ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। र त्यस यता नेपालमा वर्षेनी डेंगुका बिरामी फेला परेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *