मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा दुर्गा खड्का नियुक्त

2.2k
Shares

काठमाडौँ, १२ असोज ।  प्राध्यापक  दुर्गा खड्का मिश्र हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा नियुक्त भएकी छन् । प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीको सिफारिसमा बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले प्राध्यापक प्राध्यापक खड्कालाई डीनमा नियुक्त गरेका हुन् ।

नव नियुक्त डीन खड्काले मंगलबार नै पद तथा गोपनियताको सपथ लिई कार्यभार सम्हालेको जनाएकी छन् ।

खड्का यसअघि सोल्टीमोडस्थित मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सको पव्लीक हेल्थ डिपार्टमेन्टमा एचओडीको भूमिकामा थिईन् ।

नव नियुक्त डीन प्राध्यापक खड्काको पदावधी ४ बर्षको हुनेछ ।

खड्का नेकपा एसका नेता एवं पूर्व राजदूत डा वंशीधर मिश्रकी श्रीमती हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *