डेंगु संक्रमणबाट ३२ जनाको मृत्यु, २५ हजार ५४३ जना संक्रमित

काठमाडौँ, १० असोज । नेपालमा हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २५ हजार ५४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २५ हजार ५४३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १९ हजार ९१० जनामा डेंगु संक्रमण देखिएको छ ।
यस्तै, लुम्बिनीमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३८०, कर्णालमा २३१ जनामा संक्रमण देखिएको छ ।
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका ७७ जिल्ला मध्ये ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



