स्वास्थ्य पत्रकारहरुको नि:शुल्क मुटु परीक्षण

काठमाडौँ, १० असोज । नेशनल कार्डियाक सेन्टरमा बसुन्धरामा सोमबार स्वास्थ्य विटमा क्रियाशिल पत्रकारहरुको मुटु स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको संयोजनमा विश्व मुटु दिवसको सन्दर्भ पारेर कार्डियाक सेन्टरले ३० जना बढी स्वास्थ्य पत्रकारहरुको निशुल्क मुटु जाँच गरिदिएको हो ।

मुटु परीक्षण प्याकेजमा उच्च रक्तचाप, बीएमआई, इको, इसिजि, रगत जाँचहरु सुगर, कोलेस्टेरोल, थाइरोडइ लगायतका थिए ।
परीक्षण पछि बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममुर्ती अनिलले मुटुरोगको नियन्त्रणमा स्वास्थ्य सचेतनाको भूमिका विषयक प्रस्तुति दिएका थिए ।

उनले मुटुरोग लाग्नुको कारण र लाग्न नदिनका लागि ध्यान दिनु पर्ने उपायका बारेमा बताएका थिए ।

‘हामीले आहारमा ध्यान दिनु पर्छ र नियमित व्यायम गर्नु पर्छ । मदिरा चुरोट तथा अन्य जंकफुट लाई आजै देखि छाँडिदिउँ, यसो गरेमा प्रेसर सुगर कोलेस्टेरोल बढ्न पाउँदैन्, यसबाट जोडिने मुटुरोग, मिर्गौला रोग र मस्तिष्क घात हुने जोखिम कम हुन्छ । र यसले मानिसको मृत्यु हुने, आयू घटने, शारीरिक अस्वस्थता हुने र आर्थिक भार हुने अवस्थाबाट पनि बचाउँछ,’ उनले भने ।

यस्तै अर्का मुटु विशेषज्ञ डा. अभिषेक ठाकुरले  मुटुरोगको आकस्मिक अवस्था कसरी थाहा पाउने र के गर्ने भन्ने बारेमा प्रस्तुतिकरण दिएका थिए । उनको प्रस्तुतिमा हृदयघात भएको कसरी चिन्ने, बेहोस अवस्थामा पुगेर मुटुको धडकन बन्द भएमा कसरी सीपीआर दिने ? आकस्मिक अवस्थामा अरु के के प्राथमिक उपचार गर्ने विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य रिपोर्टिङका खटिने स्वास्थ्य पत्रकारहरु आफै पनि नियमित स्वास्थ्य जाँच गर्न विविध कारणले नपाईरहेको अवस्थामा कार्डियाक सेन्टरबाट उपलव्ध अवसरको सदुपयोग गरेको बताए ।

उनले आफ्नो स्वास्थ्य जाँच गरी अरुको स्वास्थ्यका लागि समेत सचेतना बढाउने अवसर दिएको भन्दै सेन्टरलाई धन्यवाद दिए । उनले यस्तो कार्यक्रमलाई निरन्तरता दिने समेत बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *