डेंगु संक्रमणबाट २७ जनाको मृत्यु, २१ हजार भन्दा बढी संक्रमित

काठमाडौँ, ७ असोज । नेपालमा २१ हजार भन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २१ हजार ३५२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १६ हजार २३६ जनामा डेंगु संक्रमण देखिएको छ ।

यस्तै, लुम्बिनीमा २ हजा ७ सय ४३, सुदूरपश्चिममा ७ सय ५८, प्रदेश १ मा ५ सय ८५, गण्डकीमा ४९६, मधेश प्रदेशमा ३ सय ५, कर्णालमा २ सय २९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २७ जनाले ज्यान गुमाएका छन् ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सात वटै प्रदेशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *