थप ८१ जनामा कोरोना संक्रमण, १७५ जना संक्रमणमुक्त
काठमाडौँ, ५ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप १ सय ७५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार थप ३ हजार ४ सय ४७ नमुना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १४, ललितपुरमा शून्य र भक्तपुरमा १ जना गरी उपत्यकामा १५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ८३ रहेको छ । जसमध्ये होमआइसोलेसनमा १ हजार ४ सय २९ र संस्थागत आइसोलेसनमा ५४ जना रहेका छन् ।
संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १६ जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि शून्य रहेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com