डा. विश्ववन्धु बगाले गण्डकी प्रदेशको स्वास्थ्य सचिव, डा. तिवारी संघीय स्वास्थ्य मन्त्रालयमा

2.2k
Shares

काठमाडौँ, ५ असोज ।  सरकारले स्वास्थ्य सेवा समूहका एघारौँ तहका दुई कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतका डा श्रीराम तिवारी र डा विश्वबन्धु बगालेको सरुवा गरेको हो।

मन्त्रालयका अनुसार डा बगालेलाई गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव बनाएर पठाइएको छ । यस्तै त्यहाँ सचिव रहेका डा तिवारीलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ । डा बगाले यसअघि उनी किटजन्य रोग अनुसन्धान केन्द्रमा निर्देशक थिए।

उनलाई केही समय अघि मात्रै स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेको थियो । यद्धपी उक्त सरुवा रोकिएको थियो।
डा बगालेले आजै सामान्यमा पुगेर चिठी बुझिसकेको बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *