चौबिस घण्टामा थप ५९ जनामा कोरोना संक्रमण, १६१ जना संक्रमणमुक्त

काठमाडौँ, २ असोज। पछिल्लो चौबिस घण्टामा देशभर ५९ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप १ सय ६१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरणअनुसार थप २ हजार ८ सय ८२ नमुना परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३० रहेको छ । जसमध्ये होमआइसोलेसनमा १ हजार ७ सय ६६ र संस्थागत आइसोलेसनमा ६४ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १८ जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *