राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा. जागेश्वर गौतम निर्वाचित, महासचिवमा डा. खराल

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको घटक संगठन राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा प्राडा जागेश्वर गौतम निर्वाचित भएका छन् । शनिबार (आज) सम्पन्न संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट डा गौतम अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षहरुमा डा रणजितकुमार झा, डा नबीन पोखरेल र डा रक्षा श्रेष्ठ निर्वाचित भएका छन् । संघको महासचिवमा भने डा पुष्पमणि खराल निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा डा सुनिल गजुरेल, सचिवहरुमा डा मिलन गैरे, डा छवि पन्थी, डा क्रिष्टिना श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै सम्मेलनले प्रदेश १ संयोजकमा डा प्रमोद बराल, मधेश प्रदेश संयोजकमा डा महेश महासेठ, बागमती प्रदेश संयोजकमा डा जगदीश थापालाई चयन गरेको छ । यस्तै गण्डकी प्रदेश संयोजकमा डा डेविड श्रेष्ठ, लुम्बिनी प्रदेश संयोजकमा डा सागर न्यौपाने, कर्णाली प्रदेश संयोजकमा डा कविराज पौडेल, सुदूरपश्चिम प्रदेश संयोजकमा डा निरज अर्याल तोकिएका छन् । सम्मेलनले काठमाडौँ उपत्यका संयोजकमा डा कालुसिंह खत्रीलाई चयन गरेको छ ।

तीन बर्षे कार्यकाल रहने यो कार्यसमितिमा ४२ जना केन्द्रीय सदस्य चयन भएको नवनिर्वाचित महासचिव डा खरालले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *