डेङ्गु नियन्त्रण गर्न सांसदको ध्यानाकर्षण

84
Shares

काठमाडौँ, ३१ भदौ । प्रतिनिधिसभाका सांसदले देशभर निरन्तर फैलिरहेको डेङ्गु नियन्त्रण सरकारको ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसद लक्ष्मी परियारले डेङ्गु फैलिएकाले रोकथामका लागि सरकारले ध्यान दिनुपर्ने बताउँदै यो संसद्ले पूरा गर्न नसकेका काम आगामी संसद्ले पूरा गर्ने अपेक्षा गरिन्।

सांसद वीनादेवी बुढाथोकीले डेङ्गुले भयावह रुप लिएको र समयमा नियन्त्रण नहुँदा ठूलो धनजनको क्षति हुने भएकाले सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

त्यस्तै, सांसद प्रेम सुवालले भक्तपुरमा वितरित इन्टरनेट सेवा गुणस्तरीय नभएकाले अस्पतालमा उपचारत बिरामी र विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले कठिनाइ भोग्नुपरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *