चौबिस घण्टामा थप ११९ जनामा कोरोना संक्रमण, १३० जना संक्रमणमुक्त

काठमाडौँ, २९ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप १ सय  ३० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार थप ४ हजार ८४ नमुना परीक्षण गर्दा १ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३९, ललितपुरमा ३ र भक्तपुरमा १ जना गरी उपत्यकामा ४३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय ९१ रहेको छ । जसमध्ये होमआइसोलेसनमा २ हजार १ सय १९ र संस्थागत आइसोलेसनमा ७१ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १९ जनार भेन्टीलेटरमा १ संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *