चौबिस घण्टामा थप २०३ जनामा कोरोना संक्रमण, २२३२ सक्रिय संक्रमित

काठमाडौँ, २८ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप १ सय २६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ५ हजार ५९न मुना परीक्षण गर्दा २ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ३२ रहेको छ । जसमध्ये होमआइसोलेसनमा २ हजार १ सय ५२ र संस्थागत आइसोलेसनमा ८० जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १७ जना र भेन्टीलेटरमा१ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *