चौबिस घण्टामा थप १७९ जनामा कोरोना संक्रमण, १७१ जना संक्रमणमुक्त

काठमाडौँ, २७ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप १ सय ७१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ३ हजार ५ सय ८७ नमुना परीक्षण गर्दा १ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५०, ललितपुरमा १८ र भक्तपुरमा ७ जना गरी उपत्यकामा ७५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७१ रहेको छ । जसमध्ये होमआइसोलेसनमा २ हजार १ सय ९० र संस्थागत आइसोलेसनमा ८१ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १५ जना संक्रमित उपचाररत रहेका छन् । आज थप १ जना संक्रमित बिरामीको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *