नेपालमा डेंगु संक्रमितको संख्या ८३२७ पुग्यो

काठमाडौँ, २६ भदौ । नेपालमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ८ हजार ३ सय २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ६ हजार २ सय ५ जनामा डेंगु संक्रमण देखिएको छ ।

यस्तै, लुम्बिनीमा १ हजा २ सय ८४, प्रदेश १ मा २ सय ८२, सुदूरपश्चिममा २ सय ६, गण्डकीमा १ सय ५०, मधेश प्रदेशमा १ सय ४४, कर्णालमा ५६ जनामा संक्रमण देखिएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *