चौबिस घण्टामा थप १०४ जनामा कोरोना संक्रमण, २०१ जना संक्रमणमुक्त

काठमाडौँ, २६ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप २ सय १ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप २ जना संक्रमित बिरामीको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ३ हजार ५ सय ८७ नमुना परीक्षण गर्दा १ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३२, ललितपुरमा ८ र भक्तपुरमा १ जना गरी उपत्यकामा ४१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ३ सय १६रहेको छ । जसमध्ये होमआइसोलेसनमा २ हजार २ सय ३६ र संस्थागत आइसोलेसनमा ८० जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १४ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *