आत्महत्या रोकथामका लागि जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छः स्वास्थ्य राज्य मन्त्री केसी

काठमाडौँ, २५ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले आत्महत्या रोकथामका लागि जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

स्वदेश फाउण्डेशन नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा केसीले आत्महत्या विकराल समस्याका रुपमा रहेको भन्दै रोकथामका लागि जनचेतनाका कार्यक्रम गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘अहिलेपनि देखासिकी, सामाजिक परिवेश, आर्थिक लगायतका कारण मानिसहरुले आत्महत्या गरिरहेको अवस्था छ । यसलाई रोक्न देशभर जनजागरणका कार्यक्रम गर्नुपर्छ ।’ मानसिक स्वास्थ्य प्रर्व्र्दन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने ,‘नेपालमा पश्चिममा संस्कृतीको विकास बढ्दो क्रममा छ । यसलाई मानिसहरुले देखासिकी गरिरहेका छन् । अनि आत्महत्याका घटना सार्वजनिक भइरहेका छन् । रोकथामका लागि सरकार गम्भिर छ ।’

मानसिक रोगको लक्षण र जटिलताको रूपमा उव्जिने आत्महत्याको समस्या पनि विकराल बन्दै गएको बताए । स्वास्थ्य राज्यमन्त्री केसीले भने,‘मानसिक समस्या र आत्महत्यासँग जोडिएका तत्वहरूको पहिचान र व्यवस्थापन गर्न आवश्यक हुन्छ । कुनै पनि व्यक्तिमा मनोरोगका लक्षणहरूको समयमै पहिचान, उपचार र पुनःस्थापन भएमा धेरैजसो आत्महत्याको सम्भावना कम हुनसक्छ ।’

स्वास्थ्यसेवा प्रदायकहरूले आत्महत्याको खतरा सूचक लक्षणहरूको पहिचान गरी व्यवस्थापन गर्नमा एकभएर अघि बढ्न जरुरी भएको बताए । केसीले भने,‘ व्यक्ति, परिवार, समाज, राष्ट्र र पुरा विश्व एकजुट भएर यो समस्या विरुद्ध लाग्नुपर्छ ।

आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ ।’ कार्यक्रम फाउण्डेसनका अध्यक्ष गंगादेवी उप्रेतीको अध्यक्षतामा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *