चौबिस घण्टामा थप २२७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ, २३ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर २२७ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप १६८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ४ हजार ४ सय १ नमुना परीक्षण गर्दा २२७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४१, ललितपुरमा १३ र भक्तपुरमा २ जना गरी उपत्यकामा ५६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ७३ रहेको छ । जसमध्ये होमआइसोलेसनमा २ हजार ३ सय ७० र संस्थागत आइसोलेसनमा १ सय ३ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा २२ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन् । आज थप १ जना संक्रमित बिरामीको मृत्यु छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *