म्याद गुर्जिएका औषधी रहेको गोदाममा प्रशासनको सिलबन्दी

वीरगञ्ज, २२ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको आदर्शनगरमा रहेको जि फर्मा लिंक प्रालिको औषधी गोदामलाई सिलवन्दी गरेको छ ।

अनुगमनका क्रममा सो गोदाममा ठूलो परिमाणमा म्याद गुज्रिएका औषधी भण्डारण भएको पाएपछि सिलबन्दी गरेको हो । अनुगमन टोलीको नेतृत्व पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले उक्त गोदाममा कति परिमाणमा म्याद गुर्जिएका औषधी छन् यकिन जानकारी नभएको बताएको छ । करिब ५ वर्ष पहिले नै म्याद गुर्जिएका औषधी पनि पाइएकाले गोदाममा नै सिलबन्दी गरिएको प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।

वाणिज्य कार्यालय, औषधी व्यवस्था कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, उपभोक्त हित संरक्षण मञ्च, नेपाल प्रहरी र सञ्चारकर्मीहरुको सयुक्त अनुगमन टोलीले गोदाममा रहेको जि फर्मा लिंक प्रालिको कार्यालयका मैनेजर प्रदीप श्रेष्ठलाई आवश्यक बिभिन्न कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन लिखित आदेश दिएको छ ।

वीरगञ्जको आदर्शनगरमा नै रहेको खाली जग्गामा ठूलो परिमाणमा म्याद गुर्जिएका औषधी फालिएको पाइएपछि औषधी अज्ञात स्थलमा स्थान्तरण गरिसकिएको पाइएको उपभोक्त हित संरक्षण मञ्च वीरगञ्जमा अजित भुजेलले बताए ।

म्याद गुर्जिएका कति औषधी छन् ? म्याद भएका कति छन् ? एकै ठाँउमा छ्यासमिस भएकाले अहिले यकिन गर्न सकिन्न । पछि कागजात सहित उपस्थित भएपछि म्याद भएका र नभएका छुट्याइन्छ त्यसपछि मात्र यकित तथ्याङ्क आउछ, कति रुपियाँ बराबरको औषधी रहेछ थाहा हुन्छ, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।

सन २०१७ र २०१९ मा नै म्याद गुर्जिसकेका औषधी भण्डारण गरिनु, हालसम्म म्याद गुर्जिएका औषधी नष्ट गर्ने प्रक्रिया न थाल्नु, सबै औषधी एकै स्थानमा राख्नुजस्ता कारणले औषधी गोदामलाई नै सिलबन्दी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेल बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *