सिंहदरबार परिसरमा रक्तदान र नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ, २० भदौ । निजामती सेवा दिवस -२०७९ मनाउन गठन गरिएको रक्तदान तथा स्वास्थ्य उपसमितिले आज सिंहदरबार परिसरमा बृहत रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

स्वास्थ्य सचिव देवकुमारी गुरागाईंको संयोजकत्वमा गठित सो उपसमितिको आव्हानमा आज सिंहदरबार परिसरमा १०८ जना कर्मचारीले रक्तदान गरेका थिए । यस्तै २०० बढीको निशुल्क स्वास्थ्य जाँच भएको स्वास्थ्य मन्त्रालयका सहसचिव मदनकुमार भुजेलले बताए ।

आजको रक्तदान कार्यक्रममा प्राविधिक सहयोगका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट टोली खटिएको थियो । यस्तै निशुल्क स्वास्थ्य शिविरका वीर अस्पतालबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरु खटिएका थिए ।

‘आजको कार्यक्रममा १०८ जनाको रक्तदान, व्लड ग्रुपिङ १०४ जनाको, जीआरवीएस १८७ जनाको, उच्चरक्तचाप परीक्षण २०० जनाको, बीएमआई परीक्षण ६३ जनाको र १० जनालाई अस्पताल रिफर गरिएको थियो,’ सहसचिव भुजेलले भने । उनले १०० जनालाई निशुल्क औषधि वितरण गरिएको समेत बताए । उनले भोलि विहान ८ बजे देखि सिभिल अस्पताल नयाँ बानेश्वरमा स्वास्थ्य जाँच तथा रक्तदान कार्यक्रम हुने समेत जानकारी दिए ।

रक्तदान तथा स्वास्थ्य शिविरको उदघाटन गर्न स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ सिंहदरबार पुगेका थिए ।

निजामती सेवा दिवस २०७९ आगामी भदौ २२ गते हुँदैछ । मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *