आज १५ जना महिला चिकित्सकलाई राष्ट्रपतिले विशेष अवार्ड दिने

856
Shares

काठमाडौँ, १६ भदौ । नेपालको चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका १५ जना महिला चिकित्सकलाई आज विशेष सम्मान गरिने भएको छ । नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्ने भएकी छन् ।

संघका अनुसार अवार्ड कार्यक्रम बिहीबार (आज) दिउसो राष्ट्रपति कार्यालयमा हुने छ।

नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला चिकित्सकले गरेको योगदानको कदर स्वरुप अवार्ड प्रदान गर्न लागिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।

त्यसो त संघले गत वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन सुरु गरेको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *