माओवादी निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको एकता सम्मेलन सम्पन्न, अध्यक्ष बने लिलाराम थापा

2.2k
Shares

काठमाडौँ, १२ भदौ । नेकपा माओवादी केन्द्र नजिकका स्वास्थ्यकर्मीहरुको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा लिलाराम थापा चयन भएका छन् ।

अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनबीच भएको एकता पछि शनिबार आयोजित राष्ट्रिय सम्मेलनले थापाको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सम्मेलनबाट सह अध्यक्षमा टेकराज डिसी, बरिष्ठ उपाध्यक्षमा ओमकुमारी कंडेल र महासचिवमा कृष्णकुमार खत्री चयन गरेको छ ।
यस्तै कोषाध्यक्षमा शेष सापकोटा चयन भएका छन् ।

यसैगरी संगठनको उपाध्यक्षहरुमा एपोलोकुमार भगत, छटु चौधरी, कर्मा लामा, रुद्र शर्मा, ज्ञान प्रसाद पौडेल तारा रिजाल, करि सिंह भुल, डिल्लीराम श्रेष्ठ, अशोक भुजेल चयन भएका छन् । यस्तै सचिवमा मेनुका दाहाल, जानुका मोक्तान, केशर थापा, खेम सापकोटा, लगायतका छन् ।

शनिबार काठमाडौँको कीर्तिपुरमा सम्पन्न सम्मेलनको उद्घाटन गर्न उर्जामन्त्री पम्फा भुसाल पुगेकी थिईन् ।

यसअघि अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनको नेतृत्व क्षेत्रराज कार्कीले गरेका थिए । नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको नेतृत्व चित्रजंग शाहीले गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “माओवादी निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको एकता सम्मेलन सम्पन्न, अध्यक्ष बने लिलाराम थापा

  1. उपाध्यक्ष नामै छुट्टाउने किन होला साहेत दलित भनेर होला ठिकै हो राज्य सत्ता यस्तै छ

Leave a Reply to पर्शुराम नेपाली Cancel reply

Your email address will not be published. Required fields are marked *