बैतडी कारागारमा १६ जनामा कोरोना संक्रमण, ब्यवस्थापनमा कठिनाई

बैतडी, ३ भदौ । उच्च ज्वरो र रुखाखोकीको लक्षण देखिएपछि स्वस्थ्य परिक्षण गर्दा बैतडी कारागाराका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।

कैदीबन्दीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण दोखिए पछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

बुधवार ४ जनाको पिसिआएर परिक्षण गर्दा कोरोना पुष्टी भए पछि बिहिवार सबै कैदीबन्दी बन्दीको परिक्षण गरिएको थियो, जसमा थप १२ जनामा कोराना पुष्टी भएको जेलर धारा भण्डारीले जानकारी दिए ।

उनका अनुसार २५ जना क्षमता रहेको उक्त कारागारमा ९३ जना कैदी बन्दी रहेका छन, जसका कारण कोरोना संक्रमितलाई अलग्गै ब्यवस्थापन गर्न सकस भईरहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *